काठमाडौँ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ । नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तामाङलाई सो क्षेत्रबाट उम्मेदवार बनाइएको हो ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट चुनावी अनुमति प्राप्त गरेको भिडियो सार्वजनिक गर्दै तामाङले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि शुभकामनासहित अनुमति पाएको उल्लेख गर्दै झापा–५ का मतदातालाई चुनाव चिन्ह ‘तारा’ मा मतदान गर्न अपिल गरेका छन् ।
झापा–५ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो । यसपटक पनि सोही क्षेत्रबाट ओली उम्मेदवार बन्ने चर्चा रहेको छ ।











प्रतिक्रिया