घिसिङले भने– “यो आयोजना केवल विद्युत उत्पादनको लागि मात्र होइन, देश आत्मनिर्भर बन्ने विश्वासको आधार हो।”


काठमाडौं ।

१२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचामा सहमति भएपछि पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले यसलाई आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धि भनेका छन्।

अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति भएपछि घिसिङले आयोजनाले वर्षौँदेखि प्रतीक्षामा रहेको राष्ट्रको सपनातर्फ ठोस कदम चाल्ने बताएका छन्।

उनका अनुसार, आयोजना निर्माणका लागि ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्व:पूँजीबाट २ अर्ब ७७ करोड अमेरिकी डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) लगानी जुटाइनेछ। यसमा सरकारको ४५ अर्ब रुपैयाँको शेयर लगानी पनि रूपान्तरण हुनेछ। घिसिङले भने– “यो आयोजना केवल विद्युत उत्पादनको लागि मात्र होइन, देश आत्मनिर्भर बन्ने विश्वासको आधार हो।”

अब यो मोडालिटी मन्त्रिपरिषद्मार्फत अनुमोदन हुने चरणमा पुगेको छ र निर्माण कार्य चाँडै सुरु हुने छ।