भक्तपुर ।
भक्तपुरको मध्यपुर थिमि–३, तेर्सेटारमा शुक्रबार राति २७ वर्षीय प्रविण भण्डारीले आफ्नी ५० वर्षीय आमा सरिताको हत्या गरेका छन्।
घटनामा घाइते भएका प्रविणले पनि आफैँलाई धारिलो हतियारले चोट पुर्याएका थिए।
सरितालाई उपचारका लागि भक्तपुर इन्टरनेशनल अस्पताल लगिएको थियो, तर उनको मृत्यु भयो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया