चितवन ।
भरतपुरका विकासका प्रतीक बनेकी मेयर रेनु दाहालले नौ वर्षको नेतृत्वमा महानगरलाई साँघुरा, धुलाम्य सडक र जीर्ण विद्यालय भवन भएको शहरबाट आधुनिक, उज्यालो र सुविधायुक्त सहरमा रूपान्तरण गरेकी छन्।
उनले सडक, बत्ती, स्मार्ट सीसीटीभी, भूमिगत पानी र सिँचाइ, कृषि अनुदान, शिक्षा, स्वास्थ्य सेवा, पर्यटकिय प्रवर्द्धन लगायतका क्षेत्रहरूमा ऐतिहासिक काम गरेका छन्। ९ वर्षको अवधिमा १,०७२ किलोमिटर नयाँ सडक कालोपत्रे, ४१८ वटा सीसीटीभी क्यामेरा, भूमिगत विद्युत् तार, भूमिगत सिँचाइ, ८ हजार विगाहा जमिनमा सिंचाइ सुविधा र २२ करोड रुपैयाँ दूध अनुदान प्रदान गरिसकेकी छन्।
महानगरको आन्तरिक आम्दानी करिब रु एक अर्ब ४० करोड पुगेको छ भने सार्वजनिक विद्यालय, स्वास्थ्य सेवा, पानीको पहुँच र सफाई प्रणालीमा उल्लेखनीय सुधार भएका छन्। भरतपुर विमानस्थलको टर्मिनल निर्माण, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र नारायणी नदीमाथि आर्कषक पुल निर्माण समेत अघि बढाइएको छ।
रेनु दाहालले आफ्नो जीवनको महत्वपूर्ण दशक भरतपुरको विकासमा खर्चेको बताउँदै, “भरतपुरकै लागि मैले आफ्नो व्यक्तिगत चाहना पन्छाएँ र जनताको सुखदुःखमा आफूलाई एकाकार बनाएँ,” भनी भावुक हुँदै बताइन्।
उनको नेतृत्वमा भरतपुरले सुशासन, आर्थिक पारदर्शिता, हरियाली र आधुनिकता हासिल गर्दै देशभरको उदाहरण बनेको छ।











प्रतिक्रिया