कांग्रेसको विवाद संवादमार्फतै समाधान हुन्छ : शेखर कोइराला


काठमाडौं ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विवाद संवादमार्फत समाधान हुने बताएका छन्। शनिबार सानेपा जाँदै गर्दा पत्रकारहरूसँगको कुराकानीमा उनले भने, “फेरि मिल्छ। मिलाउनुपर्छ। संवाद गर्नुपर्छ। विश्वमा लडाइँहरू हुन्छन्, फेरि मिलेकै हुन्छ। सबै मिलाइन्छ।”

यसअघि, नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितको कार्यसमितिलाई शुक्रबार निर्वाचन आयोगले मान्यता दिएको थियो। देउवा पक्षले आयोगबाट आफ्नो पक्षमा निर्णय नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी पनि दिइसकेको छ।

आयोगको निर्णय र आगाामी रणनीति तय गर्न विघटित केन्द्रीय समिति बैठक बस्दैछ।