कांग्रेस कार्यसमिति बैठक : देउवा पक्षका नेताहरू पार्टी कार्यालयमा जुट्न थाले(तस्बिरहरू)


काठमाडौँ ।

नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षका केन्द्रीय कार्यसमिति सदस्यहरू सानेपास्थित पार्टी कार्यालयमा बैठकका लागि जुट्न थालेका छन्। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सबै ७ प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिको अनुरोध गरिएको छ।


निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएको घटनापछि बस्न लागेको यो बैठकलाई पार्टीभित्र अर्थपूर्ण मानिएको छ। बैठक बिहान ८ बजे बोलाइएको भए पनि अहिलेसम्म सुरु हुन सकेको छैन।