एनआरएनए १२औँ महाधिवेशन मार्चमा सरेको, निर्वाचन मोडालिटी अझै टुंगो छैन


काठमाडौँ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन मिति फेरिएको छ। फेब्रुअरी २२–२५ का लागि तय गरिएको महाधिवेशनमा स्टेरिङ कमिटीभित्र निर्वाचन मोडालिटीबारे असहमति देखिएपछि अब महाधिवेशन मार्च १३–१५ मा होटल सोल्टीमा आयोजना हुने भएको छ।

पूर्वअध्यक्ष विनोद कुँवरका अनुसार, महाधिवेशन सार्नुको मुख्य कारण सदस्यता वितरण र मतदान प्रक्रिया (फिजिकल वा अनलाइन) मा देखिएको विवाद हो। महेश श्रेष्ठ पक्ष भौतिक उपस्थितिमा मतदान गर्न चाहन्छ भने डा. बद्री केसी पक्ष अनलाइन विधि प्रस्ताव गर्दै आएको छ।

महाधिवेशनको अन्तिम मोडालिटी परराष्ट्र मन्त्रालयसँग समन्वयपछि मात्रै टुंगो लाग्ने जनाइएको छ। सदस्यता नवीकरण र नयाँ आवेदनका लागि म्याद जनवरी २४ सम्म थप गरिएको छ।