मैनी मेला २० दिनसम्म लाग्ने

1.13k
Shares

उदयपुर ।

उदयपुरको कटारी नगरपालिका वडा नं २ खोक्सास्थित कमला नदीको किनारमा लाग्ने मैनी (त्रिवेणी) मेला यस वर्ष २० दिनसम्म संचालन हुने भएको छ ।

प््रत्येक वर्षको माघे संक्रान्तीका दिनदेखि लाग्दै आएको यो मेला पहिले महिना दिनसम्म लाग्ने गर्दथ्यो भने पछि माओवालीको द्धन्दका बेलामा मेला लाग्न बन्द भएको थियो । २०६३ सालपछि भने १५ दिनकालागि मेला पुनःलाग्न शुरु भएको हो ।
मैनी मेला पूर्व क्षेत्रको अत्यन्त प्रख्यात मेला रहेकोले यहाँ सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर संखुवासभा लगायतका जिल्लाहरुबाट घोडा, खच्चर, भेडा, भोटे कुकुरका बच्चा राडी पाखी तथा अन्य सामानहरु बिक्रीकालागि ल्याउने गरेका थिए ।
राजधानी काठमाण्डौ लगायत तराईका जिल्लाहरुबाट र पूर्वोतर भारतको आसाम, सिक्किम, दार्जिलिङबाट पनि मानिसहरु मेला हेर्न र व्यापारीहरु आउने गरेको पाइन्छ ।

पहिले जुवातास खेल्नेहरु पनि डेरा जमाएर बस्दै मनोरञ्जन गर्ने गर्दथे । तर अहिले पहिलेको जस्तो राडीपाखी घोडा खच्चर भेडा, कुकुरको बच्चा ल्याउन छाडेका छने भने जुवातास पनि बन्द भएको छ ।

मेलामा घरेलु तथा साना उद्योगबाट उत्पादित सामान, हस्तकलाका सामान,स्थाखीय खानाका परिकार माछा मासुको होटललतथा खाजा घर,लता कपडा,फैन्सी सामान, खेलौनाहरु कृषि उपज, अन्य खाद्य सामग्रीहरु राखिएका छन ।
प्रत्येक साँझ विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्धारा विविध सांस्कृतिक कार्यक्रम , जातिय, भेषभुषा तथा साँस्कृतिक पहिचान लगायतका कार्यक्रमहरु पनि हुने स्थानीय बासिन्दाहरुले बताए ।

तावा, ककरु र कमला नदी एकत्रित भएको संगम नदी त्रिवेणीस्थलमा लाग्ने यो मेला परम्परादेखि नै लाग्दै आएको र तीन नदीको संगमस्थलमा सन गरेर कमला माईको पुजा आजा गर्ने, परेवा बोका पाठी कुखुरा बली दिएर आफ्नो भाकल पुरा गर्ने चलन रहेको छ । टाढा टाढाबाट मेलामा मानिसहरु आउने गरेको र यो वर्ष २० दिनको अवधिमा करीब १० लार्ख मानिसहरु आउने आकलन गरिएको कटारी नगरपालिकाले जनाएको छ ।

कटारी नगरपालिकाले मेलामा शान्ति सुरक्षा तथा अन्य सेवाकालागि प्रहरी परिचालन गरेको छ भने स्वयम सेवकहरु पनि परिचालन गरेको छ । यस वर्षको मैनी मेला २० ,दन लाग्ने भएकोले सिद्धिविनायक गिरी कन्स्ट्रक्सनलाई मेला व्यवस्थापनकालागि कर बाहेक २० लाख ५ हजारमा ठेक्का लगाईको छ ।

गत वर्ष १५ दिनकालागि १३ लाख ८१ हजार ४ सय१५ रुपैयामा ठेक्का लागेको कटारी नगरपालिकाका पमुख प्रशासकीय अधिकृत राजन थापाले बताए ।

यस मेलामा भक्तजनहरुले कमला नीमा स्नान गरी कमलेश्वर महादेवको दर्शन पश्चात आफूले गरेको भाकल पुरा भएपछि बोका पाठी परेका कुखुरा हाँस बली दिने परम्परागत चलन रहेको छ । यहाँ पुजा आजा गर्दा रोग व्याध नलाग्ने मनले चिताएको कुरा पुग्ने जनविश्वास रहेको छ ।