गोर्खा मिडियासँग जोडिएका सहकारी मुद्दा संशोधन


काठमाडौं ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडिया प्रा.ली.मा गैरकानूनी रुपमा रकम प्रवाह गरेको आरोपमा मुछिएका सहकारी ठगीका अभियुक्तहरूमाथि लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन स्वीकृति दिएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित जीबी राई, छविराज जोशीलगायत सबै अभियुक्तको हकमा आरोपपत्र संशोधन गर्दै यी दुई अभियोग हटाइएको हो ।

अब उनीहरुविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा मात्र बाँकी रहनेछ । संशोधन गरिएका मुद्दाहरू ग्यालेक्सी टिभीमा रकम प्रवाह गर्ने सहकारीसँग सम्बन्धित रहेका छन् ।