काठमाडौं ।
नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बोलाइएको हो । प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवार मनोनयन हुने भएकाले समयमै निर्णय गर्न बैठक राखिएको हो ।
एमालेका जिल्ला, क्षेत्रीय र प्रदेश कमिटीले यसअघि नै उम्मेदवार सिफारिस गरिसकेका छन् । अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ नेताको नाम सर्वसम्मत सिफारिस भएको जनाइएको छ । हालसम्म कुनै दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय भएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्य चिह्नका उम्मेदवार उठाउने जनाएको छ । प्रतिनिधिसभा निर्वाचनको मतदान २१ फागुनमा हुनेछ ।











प्रतिक्रिया