रास्वपाको केन्द्रीय समिति बैठक आज


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज केन्द्रीय समितिको बैठक बोलाएको छ।

बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का विषयमा छलफल हुने बताइएको छ।

विशेषगरी पार्टीका तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनसम्बन्धी विषयमा निर्णय हुने जनाइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकेसँगै राजनीतिक दलहरू उम्मेदवार छनोटमा जुटिरहेका छन्।