काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा तीन घण्टा बिजुली कटौती गर्ने भएको छ । महाराजगञ्ज वितरण केन्द्र मातहतका क्षेत्रमा वितरण प्रणाली भूमिगत गर्ने क्रममा प्राविधिक उपकरण जडान गर्न बिजुली काट्न लागिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार पानीपोखरी फिडर अन्तर्गत साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपास, राष्ट्रपति भवन शीतल निवास, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, प्रहरी अस्पताल, बालुवाटार, चुनदेवी र पञ्चकन्या आसपासका क्षेत्रमा आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुनेछ ।
निर्धारित समयअघि काम सम्पन्न भएमा समयभन्दा अगावै विद्युत् आपूर्ति सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ । बिजुली कटौतीबाट पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।











प्रतिक्रिया