निर्वाचन सामग्री ढुवानीका लागि १३ व्यवसायिक संस्था सूचीकृत


काठमाडौं ।

निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा निर्वाचन सामग्री ढुवानीका लागि १३ वटा व्यवसायिक संस्था सूचीकृत गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र र अन्य सामग्री ढुवानी गर्न दुई वटा कुरियर सेवा छनोट भएका छन् ।

आयोगका अनुसार साझा कुरियर एण्ड कार्गो र ट्रान्स एयर इन्टरनेशनल लजिष्टिक प्रालि कुरियर सेवातर्फ सूचीकृत भएका हुन् । हेलिकोप्टर सेवाका लागि आह्वान गरिए पनि कुनै फर्मले निवेदन नदिएको आयोगले जनाएको छ ।

यस्तै, ट्रक तथा कन्टेनर सेवातर्फ ११ वटा फर्म सूचीकृत भएका छन् । ती संस्थालाई आयोगले आवश्यकता अनुसार निर्वाचन सामग्री आपूर्तिका लागि परिचालन गर्ने जनाएको छ ।