नेपालमा मौसम सामान्य, उच्च पहाडमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौँ ।

हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तुवाँलो तथा हुस्सु देखिएको छ भने पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो र राति तराईका केही स्थानमा हुस्सु रहने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।