देउवा पक्षद्वारा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आह्वान


काठमाडौँ ।

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा शनिबार बिहान ८ बजे सानेपामा बैठक आह्वान गरिएको हो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसैबीच निर्वाचन आयोगले आजै गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको भए पनि देउवा पक्षले उक्त निर्णय अस्वीकार गरेको छ।