काठमाडौं ।
‘लौरो अभियान’ का नेतृत्वकर्ताहरूले आफ्नो आन्दोलनको स्वरूप परिवर्तन गर्दै सामूहिक रूपमा ‘लौरो त्याग’ को घोषणा गरेका छन्। कोटेश्वरस्थित महादेव ब्याङ्क्वेटमा बुधवार आयोजित कार्यक्रममार्फत डा. राकेश डा. न्यौपानेको नेतृत्वमा सफलता बोगटी, राज तिमिल्सिना, सतिश सुवेदी, जे–जी अभियानका क्रममा दुई गोली लागेका युवराज उपाध्याय तथा प्रकाश रावलसहितका अभियन्ताहरूले अबको संघर्ष लौरो होइन, विचार र एजेन्डामार्फत अघि बढ्ने जनाएका छन् ।
कार्यक्रममा उनीहरूले आफूसँग रहेका लौरोहरू सांकेतिक रूपमा ज्येष्ठ नागरिकहरूलाई वितरण गरेका थिए। सो अवसरमा उनीहरूले “लौरो भ्रष्टाचारी सेकाउनका लागि होइन, हाम्रा बुवाआमाको सहाराका लागि हो” भन्ने सन्देश दिँदै राजनीतिक परिवर्तनका लागि शान्तिपूर्ण र वैचारिक मार्ग रोजिएको बताएका थिए।
जे–जी पुस्ताका भावना र अपेक्षालाई सम्बोधन गर्दै डा. न्यौपानेले भ्रष्टाचार र बेथितिले ग्रस्त वर्तमान अवस्थाबाट देशलाई ‘अँध्यारो’ बाट ‘उज्यालो’ तर्फ लैजान आफू चुनावी प्रतिस्पर्धामा उत्रिने बताए।
हालसम्म स्वतन्त्र रूपमा अभियान सञ्चालन गर्दै आएका अभियन्ताहरू अब एकताबद्ध भई कुनै नयाँ राजनीतिक शक्तिसँग समाहित हुने संकेतसमेत देखिएको छ। डा. न्यौपाने र उनको टिमको झुकाव ‘उज्यालो नेपाल पार्टी’तर्फ रहेको छ ।











प्रतिक्रिया