उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

470
Shares

उदयपुर ।

 उदयपुरमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय त्रियुगा नगरपालिका–१०, बोक्सेमा स्थापना गरिएको छ । कार्यालयको उद्घाटन मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मुकेश उपाध्यायले गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै अब निर्वाचनसँग सम्बन्धित सम्पूर्ण मतदान तथा व्यवस्थापनका कार्यहरू निर्वाचन अधिकृतको कार्यालयमार्फत सञ्चालन हुने जनाइएको छ । उक्त कार्यालयले उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को सम्पूर्ण निर्वाचन व्यवस्थापन गर्नेछ ।

त्यसैगरी, उदयपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का लागि निर्वाचन अधिकृतको कार्यालय कटारी नगरपालिका वडा नम्बर ४ स्थित उदयपुर उद्योग वाणिज्य सङ्घको कार्यालयमा स्थापना गरिएको छ ।

उदयपुर जिल्लामा प्रतिनिधिसभाका लागि दुईवटा निर्वाचन क्षेत्र कायम रहेका छन्।  त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्दछन् भने कटारी नगरपालिका, लिम्चुङबुङ, रौतामाई, उदयपुरगढी र ताप्ली गाउँपालिका निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्दछन्। ।