रौतहट।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरूप रौतहट जिल्लामा शुक्रवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । चार निर्वाचन क्षेत्र रहेको रौतहट जिल्लामध्ये क्षेत्र नम्बर १ का लागि सदरमुकाम गौरस्थित आन्तरिक करदाता सेवा कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
त्यसैगरी, क्षेत्र नम्बर २ का लागि परोहा नगरपालिकास्थित कृषि, पशु तथा पन्छी सेवा केन्द्रमा कार्यालय सञ्चालनमा आएउने भएको छ । यस्तै, क्षेत्र नम्बर ३ का लागि कटहरिया नगरापालिकाकाको कार्यालयमा र ४ नम्बर क्षेत्रका लागि चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र प्रभावकारी बनाउन आवश्यक सबै तयारी अघि बढाइएको जनाइएको छ । क्षेत्रनम्बर १ मा जिल्ला न्यायधिश मनोज केसी रौतहट जिल्लाको मुख्य निर्बाचन अधिकृत, क्षेत्रनम्बर २ मा ईजलास अधिकृत सिताराम खडका निर्बाचन अधिकृत, क्षेत्रनम्बर ३ मा उपसचिव अबध किशोर प्रसाद कुश्वाहा निर्बाचन अधिकृत र क्षेत्रनम्बर ४ मा उपरजिष्टर उद्धब ढोडारी निर्बाचन अधिकृतको रुपमा खटिसकेका छन् ।











प्रतिक्रिया