रामेछाप ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी भर्ना गर्न लागिएको निर्वाचन प्रहरीको दरखास्त दिने म्याद रामेछापमा दुई दिन थप गरिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले एक सूचना जारी गर्दै दरखास्त बुझाउने समय थप भएको जानकारी दिएको हो ।
यसअघि प्रकाशित सूचना अनुसार पुस २४ गतेदेखि माघ १ गतेसम्म आवेदन दिने म्याद तोकिएको थियो । तर, पर्याप्त आवेदन नपरे पश्चात अवेदनको म्याद थप गरिएको रामेछाप प्रहरी प्रवक्ता तथा प्रहरी निरिक्षक राजन प्रसाद तिमिल्सिनाले बताए । उनका अनुसार माघ १ गते कार्यालय समय सम्ममा ७ सय ७९ जनाको आवेदन परेको थियो । जसमा पुरुषको संख्या ५ सय ७६ र महिलाको संख्या २ सय ३ जना रहेको थियो ।
रामेछापमा १४ सय २९ जना निर्वाचन प्रहरीको आवश्यकता पर्ने तिमिल्सिनाले बताए । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि २०८२ु बमोजिम यो प्रक्रिया अगाडि बढाइएको हो।
निर्वाचन प्रहरीमा भर्ना हुनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नागरिकहरूले आवेदन दिन सक्नेछन्। छनोट भएका उम्मेदवारहरूलाई ४० दिनको कार्यअवधिका लागि नियुक्ति दिइने छ ।












प्रतिक्रिया