काठमाडौँ।
काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका हुन्।
पाण्डेका अनुसार माघ ३ गतेसम्म उनी बहाल रहनेछन्। ‘माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको हुँ,’ उनले भने।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने तयारीका साथ पाण्डे सक्रिय राजनीतिमा प्रवेश गर्न लागेका छन्।











प्रतिक्रिया