काठमाडौं ।
जापानी प्रविधिका रुपमा चिनिएको शार्पले नेपाली बजारमा पहिलोपटक प्रिमियम फ्रन्ट लोड वासिङ मेसिन ल्याएको छ । शार्पले ‘प्रो–वाश भिआइपी २०२६’ फ्रन्ट लोड वासर सिरिज नेपालमा भित्र्याएको हो ।
सन् १९१२ देखि सञ्चालन हुँदै आएको शार्पले जापानी गुणस्तर, टिकाउपन, स्वच्छता तथा कपडाको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यसहित यो नयाँ सिरिज नेपाली बजारमा ल्याएको जनाएको छ ।
नयाँ सिरिजमा अटो टब क्लिन प्रविधि, ब्रसलेस इन्भर्टर डीसी मोटर, १५ मिनेट क्विक वाश तथा डायमन्ड इनर टब डिजाइन जस्ता अत्याधुनिक फिचर समावेश छन् । यी प्रविधिले दाग हटाउने क्षमता, उच्च स्वच्छता र कपडाको हेरचाहमा विशेष सहयोग पु¥याउने कम्पनीको दाबी छ।
अटो टब क्लिन प्रविधिले मेसिनको अन्तिम स्पिन चक्रमा उच्च गतिमा पानीको प्रयोग गरी डिटर्जेन्टको अवशेष र मैला हटाउने काम गर्छ, जसले प्रत्येक धुलाईपछि मेसिनलाई स्वच्छ राख्छ ।
शार्प प्रो–वाश भिआइपी २०२६ फ्रन्ट लोड वासर सिरिज ८ किलो, ९ किलो र १० किलो क्षमतामा उपलब्ध रहेको शार्पले जनाएको छ ।











प्रतिक्रिया