लन्डन, (एजेन्सी) ।
लिभरपुल फरवार्ड मोहम्मद सालाहको अफ्रिका कप अफ नेसन्सको उपाधि जित्ने सपना चकनाचुर भएको छ । सादियो मानेको निर्णायक गोलमा सेनेगलसँग १–० ले हार्दै सालाहको टोली इजिप्ट सेमिफाइनलबाट बाहिरिएको हो ।
योसँगैं सालाहले यसपटक अफ्रिकन कप जित्न बुनेको सपना तुहियो पनि । अब, सेनेगलले आयोजक राष्ट्र मोरोक्कोसँग उपाधिको लागि खेल्नेछ । मोरोक्कोले नाइजेरियालाई पेनाल्टी शूटआउटमा पराजित गरेको थियो ।
सालाहका लागि माने तगारो नै सावित भएका छन् । यसअघि २०२१ को अफ्रिकन कप फाइनलमा इजिप्ट र सेनेगलबीच फाइनल खेल भएको थियो । यस खेलमा मानेले चतु¥याइका साथ गोल गरेपछि सेनेगलले अफ्रिकन कपमा पहिलो पटक उपाधि जितेको थियो ।
यो हारले गर्दा सालाहको अफ्रिकन कप जित्ने आसा सकियो । चार वर्षपछि इजिप्ट र सालाहका लागि फेरि एकपटक माने नै तगारो बनिदिए । यसअघि २०१७ मा पनि इजिप्ट फाइनलमा पुगेको थियो । त्यतिबेला क्यामरूनसँग हारेर इजिप्ट र सालाह अफ्रिकन कप उठाउन असफल भएका थिए ।
सालाह प्रिमियर लिगमा सन् २०१७ देखि खेलिरहेका छन् । उनले त्यस वर्षदेखि नै एउटै क्लब लिभरपुलबाट खेलिरहेका छन् । उनले लिभरपुलबाट सबै थोक जितेका छन् । उनले प्रिमियर लिग दुई पटक, च्याम्पियन्स लिग एक पटक र अन्य थुप्रै ट्रफीहरूसमेत जितेका छन् । तर, उनको राष्ट्रका लागि भने उनले उपाधि दिलाउन सकेका छैनन् । उनले बताएका थिए –मैले झण्डै सबै पुरस्कार जितेको छु । तर, यो उपाधि जित्न भने म पर्खिरहेको छु ।
यो नै उनको अन्तिम अफ्रिकन कप पनि भनिरहेको छ । उनले इजिप्टको राष्ट्रिय टोलीबाट सन् २०११ बाट डेब्यु गरेर १ सय १० खेल खेलिसकेका छन् । अर्को दुई वर्षपछि ३५ वर्ष हुनेछ, त्यतिबेलासम्म उनले खेल्ला वा खेल्दैनन् त्यो चाहिँ कौटुलहतामै रहेको छ ।











प्रतिक्रिया