काठमाडौं ।
संसद भवन जलाउने घटनामा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का रूपन्देही जिल्ला सभापति मधु अयाल पक्राउ परेका छन्। प्रहरीले उनलाई उक्त घटनासँग सम्बन्धित कसुरमा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार संसद भवनमा आगजनी गर्ने कार्य वा त्यसको योजना तथा सहयोगमा संलग्न रहेको आशंकामा अयाललाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक प्रमाण संकलनको काम जारी रहेको प्रहरीले जनाएको छ।
घटनापछि राजनीतिक वृत्तमा चासो बढेको छ भने संसदजस्तो संवेदनशील स्थानको सुरक्षाबारे प्रश्न उठ्न थालेका छन्। यस विषयमा रास्वपाले भने अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन।











प्रतिक्रिया