राजु पाण्डेको राजीनामा,काठमाडौं–४ मा चुनावी तयारी


काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेले पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–४ बाट उम्मेदवार बन्ने तयारीमा रहेका छन् । पाण्डेले पर्सि ४ गते देखि लागु हुने गरी राजीनामा दिएका छन् ।

काठमाडौं–४ बाट हाल कांग्रेस महामन्त्री गगन थापा लगातार निर्वाचित हुँदै आएका छन् । पाण्डेलाई गगन थापासँग प्रतिष्पर्धामा उतार्ने तथा मेयर बालेन शाह स्वयं अर्को निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने चर्चा पनि राजनीतिक क्षेत्रमा चलिरहेको छ।