काठमाडौँ
प्राइम कमर्सियल बैंक लिमिटेडको १८औँ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष श्री राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसै साधारण सभाबाट बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ। उहाँ यसअघि पनि बैंकको सञ्चालकको रूपमा कार्यरत रहनुभएको थियो ।
साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने शेयरधनीलगायत सबैप्रति आभार व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले बैंकले आगामी दिनहरूमा पनि सेवा तथा शाखा सञ्जाल विस्तार गर्दै शेयरधनीलाई समयसापेक्ष प्रतिफल प्रदान गर्ने र ग्राहक केन्द्रित डिजिटल समाधानमार्फत बैंकिङ सेवा अझ आधुनिक र सरल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।











प्रतिक्रिया