काठमाडौं ।
चीनको स्वायत्त क्षेत्र सिगाच्छे नजिकै केन्द्रीय बिन्दु भएर बुधबार भूकम्प गएको छ। चिनीया भूगर्भ विभागका अनुसार भूकम्पको तीव्रता ४.३ रिक्टर स्केल रहेको छ।
भूकम्प जमिनबाट करिब १० किलोमिटर गहिराईमा गएको छ। प्रारम्भिक विवरणअनुसार मानवीय क्षति वा भवन क्षति भए नभएको अहिले सम्म पक्का भएको छैन।
भूकम्पको केन्द्र सिगाच्छे शहरबाट करिब १६४ किलोमिटर टाढा रहेको चिनीया अधिकारीहरूले बताएका छन्। हालसम्म स्थानीय प्रशासनले आन्तरिक मूल्याङ्कन सुरु गरेको छ र थप विवरण आउन बाँकी छ।











प्रतिक्रिया