कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ


काठमाडौं ।

कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका एक कैदी फरार भएकोमाँ पुनः पक्राउ परेका छन्।

जिल्ला सिन्धुली, तीनपाटन गाउँपालिका वडा नं–६ स्थायी ठेगाना भई हाल ५० वर्षका बसन्त भन्ने गुन्जबहादुर श्रेष्ठ कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई मिति २०७३/०३/२९ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गर्दै आएका थिए। तर,गत भदौ २४ गते काठमाडौंमा भएको ‘Gen-Z आन्दोलन’ को क्रममा उनी कारागारबाट फरार भएका थिए।

फरार रहेका श्रेष्ठ काठमाडौं उपत्यकामा लुकीछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा यस ब्युरोबाट खटिएको टोलीले खोजतलास तीव्र पारेको थियो। सोही क्रममा सोमबार काठमाडौंको टोखा नगरपालिका वडा नं–१ अन्तर्गत झोर क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका श्रेष्ठलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा पुनः पेश गरिएको सम्बन्धित निकायले जनाएको छ।