काठमाडौँ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालासहितका नेताहरू पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्न महाराजगञ्ज पुगेका छन्।
सभापति देउवाको निवासमा उनीहरूबीच छलफल सुरु भइसकेको छ। छलफलमा कोइरालासँगै सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेता मिनेन्द्र रिजाललगायत कांग्रेसका नेताहरूको सहभागिता रहेको छ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहँदा सभापति देउवाले आन्तरिक छलफललाई तीव्र बनाएका हुन्। विशेष पक्षधर महाधिवेशनअन्तर्गत हालसम्म दुई वटा प्रतिवेदन प्रस्तुत भइसकेका छन्, जसमा अहिले प्रतिनिधिहरूबीच समूहगत छलफल भइरहेको छ।











प्रतिक्रिया