बैतडीमा जीप दुर्घटना: ३ जनाको मृत्यु 

1.13k
Shares

बैतडी। 

जयपृथ्वी राजमार्ग अन्तरगत बैतडीको पाटन  नगरपालिका-८ साडीघाटीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। माेतिनगरबाट डडेल्धुरा जाँदै गरेकाे म१ ज २२४ नम्बरको बाेलेराे जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर  तल खसेको हाे।

दुर्घटनामा परेर ३ जनाको घटनास्थलमै मृत्यु भएकाे बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंह जानकारी दिए। मृतक तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेकाे उनले बताए। उनले भने,” दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको खबर छ। सनाखत हुन सकेको छैन्।”

जीपमा कतिजना सवार रहेका थिए भन्ने समेत खुल्ने सकेको छैन् । अन्य सबै घाइते रहेको बुझिएको छ। घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।