ट्रम्पले आफैंलाई घोषणा गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’


काठमाडौँ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरेका छन्।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक तस्बिर सार्वजनिक गर्दै उक्त तस्बिरमा “भेनेजुएलाको कार्यवाहक राष्ट्रपति” लेखिएको उल्लेख गरेका हुन्। उक्त पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ।

यस घटनाको पृष्ठभूमिमा, जनवरी ३ मा अमेरिकाले भेनेजुएला विरुद्ध कडा कारबाही गरेको बताइएको छ। अमेरिकी प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई ‘कब्जामा लिएको’ दाबी गरेको थियो।

मादुरोमाथि हतियार तथा लागूपदार्थ तस्करीसँग सम्बन्धित अभियोगमा अमेरिकामा मुद्दा चलिरहेको छ। अमेरिकी न्यायिक निकायले उनीमाथि अन्तर्राष्ट्रिय अपराध सञ्जालसँग संलग्न भएको आरोप लगाउँदै आएको छ।

यसैबीच, भेनेजुएलाकी पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपति बनाइएको घोषणा गरिएको छ। उक्त कदमलाई लिएर भेनेजुएलाभित्र र अन्तर्राष्ट्रिय समुदायमा विवाद र चासो बढेको छ।

ट्रम्पको पछिल्लो अभिव्यक्ति र सामाजिक सञ्जाल पोस्टलाई कतिपयले राजनीतिक दबाब सिर्जना गर्ने रणनीतिका रूपमा लिएका छन् भने कतिपयले यसलाई व्यंग्यात्मक सन्देशको रूपमा व्याख्या गरेका छन्।बीबीसीबाट