काठमाडौं।
काठमाडौंको ढल्को तेक्वान्दो डोजाङ बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा आइतबार टिम च्याम्पियन बनेको छ । ढल्कोेले ७ स्वर्ण र १ रजत जित्यो ।
जिल्ला समन्वय समिति काठमाडौंको संयोजन, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा २ स्वर्ण, ३ रजत र २ कांस्यसाथ नुवाकोटको पोखरी तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो स्थानको काठमाडौंको लैनचौर तेक्वान्दो डोजाङले २ स्वर्ण, १ रजत र २ कांस्य हात पा¥यो ।
पुरुषमा ढल्कोका अर्पण लामा र महिलामा काठमाडौंको वेस्ट डिभिजनकी स्मारिका शाही ठकुरी उत्कृष्ट खेलाडी घोषित भए ।











प्रतिक्रिया