काठमाडौँ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ। हाल उद्घाटन सत्र चलिरहेको छ । पार्टीका शीर्ष तथा वरिष्ठ नेताहरूले शुभकामना मन्तव्य दिइरहेका छन्। उद्घाटन सत्रकै क्रममा सोमबार बिहान ८ बजेबाट बन्द सत्र सुरू हुने जानकारी गराईएको हो।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान सवा ८ बजेबाट सुरू गरिएको छ। अहिलेसम्म ४९.३४ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको आयोजकले जानकारी दिएका छन्। देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेकामा २ हजार ३ सय ४० जनाले दर्ता गराइसकेका छन्। सातवटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर भृकुटीमण्डप मूलगेट नजिकका स्टलहरूबाट दर्ता प्रक्रिया सञ्चालन भइरहेको छ।











प्रतिक्रिया