सल्यान।
कर्णाली प्रदेशको औद्योगिक विकासमा योगदान दिइरहेको रोल्पा सिमेन्ट उद्योगलाई बन्द गराएको विषयमा कपुरकोट गाउँपालिका छलफल गर्न पुगेको महाप्रवन्धक घनश्याम लालको टोलीमाथि छलफलको क्रममा पालिका भित्रै गएको बुधवार कुटपिट गरिएको छ| बन्द सवारी साधन खुलाउने विषयमा छलफल गर्न गएको टोलीमाथि गाउँपालिका पदाधिकारीको उपस्थितिमा आफूलगायतमाथि झलक ओली र प्रेम भण्डारीले कुटपिट गरिएको उनले बताएका छन्| उधोगीहरूमाथि कुटपिट गर्ने ओली र भण्डारी उपाध्यक्ष प्रकाश भण्डारीका नाता सम्बन्धका रहेको खुलेको छ|
सिमेन्ट उद्योगका सवारी साधन बन्द खुलाउन छलफल गर्न उद्योगका कर्मचारीलाई २० किलोमिटर बाटो पिच नगरे उद्योग बन्द गरिदिने धम्की पालिका नेतृत्वले दिएको छ| पालिका उपाध्यक्ष प्रकाश भण्डारीको नाममा जारी मंसिर २८मा जारी विज्ञप्ति मार्फत सिमेन्ट उद्योगका गाडी मात्र संचालनमा रोक लगाईको थियो| मिलन बजार व्यवस्थापनका अध्यक्ष भण्डारी र मिलन बजार युवा क्लबका अध्यक्ष ओली पालिका उपाध्यक्ष भण्डारीका आफ्नै भाइ र भान्जा भएको सम्बन्ध खुलेको छ|
कपुरकोट गाउँपालिकाको वडा नम्बर ५ को मिलन बजार युवा क्लबको नाममा उद्योगका गाडी रोक्न उर्दी जारी गरिएको थियो| क्लबको उर्दीलाई पालिका उपाध्यक्ष भण्डारीले समस्या समाधान नगरी उद्योग बन्द गराउन उकास्ने गरेका छन्| पालिकामा बोलाएर उद्योगका कर्मचारीलाई धम्काउने र कुटपिट गर्ने कार्यले उधोगी र व्यवसायीहरु दिनप्रति दिन असुरक्षित बनिरहेका छन्|
संघीय सरकारने उत्पादन प्रवर्धनका लागि पहुँचमार्ग निर्माण तथा अन्य पूर्वाधार निर्माणमा सघाउने नीति लिएपछि सल्यानको कपुरकोट गाउँपालिकाले स्थानीयले उठाएका असीमित माग पूरा गरिदिनुपर्ने भन्दै ऐक्यबद्धता जनाएर आन्दोलन चर्काउन ऊर्जा बपेपछि उद्योग व्यवस्थापन पक्ष अन्यीसमा परेको छ।
रोल्या सिमेन्ट उद्योगले कपुरकोट कोइला सडकखण्ड हुँदै चुनढुंगा ओसार्ने गरेका कारण वडा नं ५ को मिलनबजार क्षेत्रमा जनजीवन प्रभावित भएको भन्दै बजार क्षेत्रका स्थानीयले संघर्ष समिति नै बनाएर सिमेन्ट उद्योगसँग सडक कालोपत्रेलगायतमा माग अगाडि सारेका थिए| उधोगले आफ्नो प्रयोजनको लागि बनाएको सडकमा बस्ती बिस्तार भएपछि बस्तीलाई असर परेको भनी विवाद चर्किएको हो । २० वर्षभन्दा अघि उद्योगले आफ्नै लगानीमा करिव ३० किलोमिटर पहुंचमार्ग बनाएको थियो| त्यसपछि सिमेन्टका लागि चुनढुंगा उत्खनन् सुरु गरेको र समयसमयमा स्थानीय आवश्यकता र स्थानीय तहको निर्णय र निर्देशन अनुसारको आर्थिक दायित्व बहन गरिरहेको छ| बाटो खुलेपछि बनेको बस्तीले उद्योग पक्षसँग सडक कालोपत्र गर्न अस्वाभाविक माग राख्नु र अन्य माग राखि उद्योग निरुत्साहन हुने अवस्था भएको भन्दै व्यवसायीले बताएका छन् ।
रोल्पा सिमेन्ट उद्योगले आफैले निर्माण गरेकै बाटो प्रयोग गरी चुनढुंगा पैठारी कार्य बन्द गरी क्लबको नाममा पालिकाको नेतृत्वले एक पक्षीय निर्णय गरेको छ| कपुरकोट गाउँपालिकाका उपाध्यक्ष भण्डारी र वडा नं ५ का बलाध्यक्ष होमबहादुर खड्काले २८ मंसिरमा पत्र लेख्दै आन्दोलनमा ऐक्यबद्धता जनाउनुको पछाडि रहस्य लुकेको छ|
मिलनबजार, निगालपानी हुँदै कोइला सडकखण्डमा चुनढुंगा बोक्ने टिपरका कारण बाटो जीर्ण र जोखिमपूर्ण भएकाले स्थानीय बासिन्दा, मिलन बजार व्यवस्थापन समिति र युवा क्लबको नाममा सडक एकपक्षीय रुपमा बन्द गरिएको हो| तर उधोगले सडक मर्मत सम्हारको लागि स्थानियहरुलाई सहयोग गर्दै आएको छ| गाँउपालिकाले समस्या समाधान नगरी एक उद्योगको मात्र सवारी साधन बन्द गर्नुले पालिका नेतृत्वको नियत सफा नभएको प्रष्ट हुन्छ| सडक प्रयोग गरेबापत उधोगले भने पालिकाको विकासको लागि नियमित राजस्व बुझाउँदै आएको छ| उद्योग बन्द गर्न नपाउने कानुनी व्यवस्था हुँदाहुँदै पनि स्थानीयको नाममा पालिका स्वयम् उद्योग बन्द गर्न लागि परेको छ|
उपाध्यक्ष र बडाध्यक्ष चुनढुंगा बोक्ने सवारीसाधनका कारण बाटो प्रभावित भएका कारण सवारीसाधन रोक्नुपर्ने आशयसहित पत्राचार गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाएपछि आन्दोलनको नेतृत्व गरिरहेको मिलनबजार युवा क्लवले भने रोल्पा सिमेन्ट उद्योगलाई मात्रै टार्गेटमा राखेर पत्राचारदेखि सार्वजनिक सूचना जारी गरेको छ| मंसिर २४ गते क्लबका अध्यक्ष झलक ओलीको नाममा सल्यानका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कपुरकोट गाउँपालिकाको कार्यालय, कपुरकोट प्रहरी चौकी, कपुरकोट बडा नं १, २, ३ र ५ लाई बुझाइएको पत्रमा भने रोज्ल्पा सिमेन्ट उद्योगलाई मात्रै रोक लगाइएको छ| तर यस क्षेत्रमा भने अरु उद्योगका सवारी साधानहरु नियमित रुपमा संचालनमा रहेका छन्| उधोगबीच प्रतिस्पर्धाको राजनीति जोडिएर पालिकाले एउटा उद्योगमाथि रोक लगाउनु स्वार्थ प्रेरित कार्यमा पालिकाको संलग्नता रहेको आरोप व्यवसायीले लगाएका छन् ।
‘राष्ट्रिय उद्योग नीतिअनुसार उद्योगमैत्री वातावरण बनाउनुपर्नेमा एउटा उद्योगका सवारीसाधन चल्ननदिने र अर्का उद्योगका सवारीसाधन सञ्चालन गर्न दिनुले पनि रोल्पा सिमेन्ट उद्योगमाथि कपुरकोटका जनप्रतिनिधिहरुको ज्यादती गरेको देखिएको छ|














प्रतिक्रिया