यस्तो देखियो  कांग्रेसको विशेष महाधिवेशन (तस्बिरहरू)


काठमाडौँ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ। महामन्त्री गगन थापासहित पार्टीका शीर्ष नेताहरू भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा उपस्थित भएका छन्।

विभिन्न सांस्कृतिक प्रस्तुतीहरूसँगै उद्घाटन सत्र सुरु गरिएको हो। पार्टीभित्र जारी आन्तरिक विवादका बीच आयोजना गरिएको यो विशेष महाधिवेशनलाई राजनीतिक वृत्तले चासोपूर्वक हेरिरहेको छ।

महाधिवेशनस्थलमा यसपटक केही फरक दृश्यहरू देखिएका छन्। मञ्चमा कुर्सी नराखी कुसनहरू मात्र राखिएको छ भने दर्शकदीर्घामा भने महाधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्ताहरू बस्नका लागि कुर्सीहरूको व्यवस्था गरिएको छ।

तस्बिर: अनिल आङ्देम्बे