काठमाडौँ।
नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वले विशेष महाधिवेशनबाट भएका निर्णयहरू कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने बताएका छन्।
काठमाडाैंको भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टी नेतृत्वले हठ गरेर बस्न नहुने स्पष्ट पारे। उनले पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्न नेतृत्व असफल भएको आरोप समेत लगाए।
नेता श्रेष्ठले पार्टीको नेतृत्व अब युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “यहाँ कसैले हठ गरिराख्न हुँदैन। विधि र विधानअनुसार अगाडि बढ्न दिनुपर्छ। विशेष महाधिवेशनले गरेको निर्णय कार्यान्वयन हुनुपर्छ भन्ने मेरो मान्यता हो।”
उनले मुलुकलाई जोगाउन र लोकतन्त्रलाई बलियो बनाउन पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गर्दै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।











प्रतिक्रिया