काठमाडौँ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।महाधिवेशनको महामन्त्रीद्वय थापा र शर्माले संयुक्त रूपमा उद्घाटन गरेका छन्। पानसमा बत्ती बाल्दै उनीहरुले बीपी कोइरालाको तस्बिरमा माल्यार्पण पनि गरेका थिए।
उद्घाटनअघि काठमाडौं उपत्यकाका छ स्थानबाट र्याली तथा जुलुस निकाल्दै प्रतिनिधिहरू भृकुटीमण्डपमा भेला भइरहेका छन्।
पार्टीको नियमित महाधिवेशन समयमै हुन नसक्ने परिस्थिति बनेपछि दुई महामन्त्रीको आह्वानमा यो विशेष महाधिवेशन आयोजना गरिएको हो।
यस्तै, प्रतिनिधिहरूको नाम दर्ताका लागि आठ वटा ‘स्टल’ को व्यवस्था गरिएको छ। बिहान ८ बजेदेखि दर्ता प्रक्रिया सुरु गर्ने भनिए पनि ९ बजेदेखि मात्र नाम दर्ता सुरु भएको थियो।











प्रतिक्रिया