काठमाडौं ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा रहेको ऐतिहासिक दुगुनागढी किल्लामा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ। करिब २०० रोपनी क्षेत्रफलमा फैलिएको यो किल्ला समुद्री सतहबाट २,२०० मिटर उचाइमा अवस्थित छ।
२०७२ सालको भूकम्पले क्षति पुर्याएको दुगुनागढी नेपाली सेनाको अगुवाइमा मौलिक स्वरुपमा पुनर्निर्माण गरिएको हो। १९१२ सालमा प्रधानमन्त्री जङ्गबहादुर राणाको निर्देशनमा निर्माण भएको यो गढी नेपाल–तिब्बत युद्धमा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।
स्थानीय वडाध्यक्ष निमासोना शेर्पा अनुसार, दुगुनागढीमा नेपाली सेनाले एकीकरण मार्गर बाटो तथा किल्लाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै आएको छ। प्राचीन इतिहाससँगै मनोरम दृश्यले यो गन्तव्यलाई पर्यटकको रोजाइमा ल्याएको छ।











प्रतिक्रिया