काठमाडौं ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । मध्याह्न १२ बजे उद्घाटन हुने महाधिवेशनका लागि प्रतिनिधिहरुको नाम दर्ता गर्ने काम तीव्र रुपमा भइरहेको छ ।
महाधिवेशन सुरु हुनु अघि नै प्रतिनिधिहरु कार्यक्रम स्थलमा पुगेर नाम दर्ता गरी परिचयपत्र लिइरहेका छन् । प्रतिनिधिसँगै कांग्रेस समर्थकहरुको पनि उल्लेख्य उपस्थिति देखिएको छ । कार्यक्रम स्थलमा मञ्च व्यवस्थापन तथा सजावटको काम अन्तिम चरणमा पुगेको छ ।
भृकुटीमण्डप परिसरमा कांग्रेसका पुराना तथा सम्मानित नेताहरु बिपी कोइराला, सुवर्णशम्शेर जबरा, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका प्रतिमा लहरै राखेर सजाइएको छ ।











प्रतिक्रिया