रास्वपाले बुझायो समानुपातिक उम्मेदवारको अद्यावधिक सूची


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको अद्यावधिक सूची आज बिहान निर्वाचन आयोगमा बुझाएको छ ।

केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको तथा उज्यालो नेपाल पार्टीसँगको एकता प्रक्रिया टरेपछि सूची अद्यावधिक गरी आयोगमा पेश गरिएको पार्टीले जनाएको छ ।