काठमाडौं ।
चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतान नजिकै बसको टुक्रा भेटिएको छ। प्रहरीले निलो रंगको बसको अवशेष बगरमा फेला पारेको छ र त्यसतर्फ अनुसन्धान पठाएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा यस टुक्रा २०८१ साल असार २८ मा त्रिशूलीमा बेपत्ता भएका दुई डिलक्स बसको भाग हुन सक्ने आशंका व्यक्त गरेका छन्। अवशेष बालुवामा पुरिएको अवस्थामा भेटिएको थियो।
गत वर्ष त्रिशूलीमा खसेर हराएका बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको “गणपति” र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको “एन्जल डिलक्स” बसमा सवार २५ जनाको शव फेला परेको थियो भने ४० जना अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालका अनुसार, प्रहरी टोलीले अब यस अवशेषको यकिन पहिचान गर्ने काम गरिरहेको छ।











प्रतिक्रिया