कांग्रेस विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन


काठमाडौं ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ। महाधिवेशनलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न करिब ६ सय स्वयंसेवक परिचालन गरिएको छ।

नेपाल तरुण दलका केन्द्रीय सदस्य मनोज कटुवालका अनुसार, स्वयंसेवकहरू महाधिवेशन स्थल र आसपासका क्षेत्रमा व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्न खटाइएका छन्। साथै, सहभागीहरूको स्वास्थ्य सुरक्षाको लागि स्वास्थ्य डेस्क समेत स्थापना गरिएको छ।

कांग्रेसले आज दिउँसो १ बजे विशेष महाधिवेशनको औपचारिक उद्घाटन गर्ने तयारी गरेको छ।