सुन–चाँदीको मूल्य बढ्यो, बजारमा चासो


काठमाडौं ।

नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको छ, जुन शुक्रबारको तुलनामा २८०० रुपैयाँ बढी हो।

यस्तै, चाँदीको मूल्य पनि बढेर तोलामा ४ हजार ९९० रुपैयाँ पुगेको छ।