काठमाडौँ ।
काठमाडौँको उत्तरी क्षेत्र टोखामा माघे सङ्क्रान्ति नजिकिँदै गर्दा उद्योगीहरू चाकु उत्पादनमा व्यस्त भएका छन्। टोखामा हाल १४ वटा उद्योग सञ्चालनमा छन् र सादा चाकु, मसला चाकु, सेतो–कालो लड्डु, बम्बे लड्डु, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन्।
नेवारी भाषामा ‘टु’को अर्थ उखु र ‘ख्यः’को अर्थ फल्ने ठाउँ हो। टोखा उखुखेती र चाकु उत्पादनका लागि प्रसिद्ध छ। यहाँको चाकु प्रति १०० ग्राम रु १३०–१३५ मा बिक्री वितरण भइरहेको छ।
नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने चलन छ। साथै, काजरिया पर्वमा र जाडो महिनामा पनि चाकु खाने परम्परा छ। चाकु खाँदा शरीरमा ताप बढ्ने, रोगसँग लड्ने क्षमता बढ्ने र बालबालिकादेखि वृद्धसम्म लाभ पुग्ने मान्यता छ।











प्रतिक्रिया