बुटवल ।
नेपाल उद्यान महासंघको तिलोत्तमामा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनले रुपन्देहीका खेमप्रसाद लुइँटेललाई पुनः अध्यक्षमा चयन गरेको छ । महाधिवेशनबाट उपाध्यक्षमा मकवानपुरका रघुनाथ खुलाल र पाल्पाका दलबहादुर गुरुङ, महासचिवमा रुपन्देहीका बेलप्रसाद शर्मा, सचिवमा सुनसरीका लक्ष्मीप्रसाद खनाल, कोषाध्यक्षमा कपिलबस्तुका शान्ति खनाल निर्विरोध चयन हुनुभएको प्रमुख निर्वाचन अधिकृत युवराज घिमिरेले जानकारी दिनुभयो ।
यस्तै सदस्यहरुमा हरिलाल सापकोटा, नारायण बहादुर केसी, चेतबहादुर खड्का, विष्णुराज आचार्य, पवन रिजाल, टंकप्रसाद पराजुली, निरबहादुर श्रेष्ठ, खिमलाल पाण्डे, डिल्लीराज भण्डारी, श्याम न्यौपाने, सागरप्रसाद देवकोटा, हेमबहादुर बस्नेत, गोपाल बहादुर श्रेष्ठ, इन्द्रप्रसाद नेपाल, हिमाल श्रेष्ठ, टीका ओली र हरिकला कुमाल चयन हुनुभएको छ । यसअघि अधिवेशनमा बोल्दै लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले उद्यान सञ्चालन गर्दा देखापरेका समस्यालाई समाधान गर्न आफूले नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उद्यान महासंघका अध्यक्ष खेमप्रसाद लुइँटेलले उद्यानहरु व्यस्थित तरिकाले सञ्चालन गर्न स्पष्ट कानुन आवश्यक रहेको बताउँदै महासंघले यो विषयमा निरन्तर पैरवी गर्दै आएको बताउनुभयो । प्रायः उद्यानहरु वन, सार्वजनिक तथा सरकारी जग्गामा रहेकाले उद्यानलाई प्रवर्धनका गर्न स्पष्ट कानुन आवश्यक रहेको उहाँको भनाइ छ । राज्यले कानुन नबनाउँदा धेरै ठाउँमा वन र पार्कबीच द्धन्द्ध चल्ने गरेको बताउँदै वनका विभिन्न प्रकारहरु मध्ये अब उद्यान वनको अवधारणामा जानुपर्ने बताउनुभयो ।
शुक्रबारबाट तिलोत्तमाको वनवाटिकामा चलेको प्रथम साधारणसभा तथा अधिवेशनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनुको साथै उद्यान र पर्यटन प्रवर्धनका विभिन्न आयामको बारेमा छलफल भएको महासचिव बेलप्रसाद शर्माले जानकारी दिनुभयो ।











प्रतिक्रिया