काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेको उल्लेख गरेका छन्। उनले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि राष्ट्र निर्माण, राष्ट्रिय स्वाधीनता, सुशासन, कूटनीति र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि सान्दर्भिक रहेको बताए।
राष्ट्रपति पौडेलले वीर पुर्खाहरूको योगदानकै कारण नेपाल आज सार्वभौम र स्वतन्त्र राष्ट्रका रूपमा स्थापित भएको भन्दै संविधानअनुसार नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा अघि बढाइएको स्पष्ट पारे। राष्ट्रिय एकता दिवसले देशको सार्वभौमिकता, अखण्डता र जनताको समृद्धिका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरे।











प्रतिक्रिया