महाधिवेशन उद्घाटनमा शक्ति प्रदर्शन, छ रुटबाट जुलुस भृकुटीमण्डपमा


काठमाडौं ।

नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमति र विरोधका बीच विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा आजदेखि काठमाडौँमा विशेष महाधिवेशन सुरु हुँदैछ।

काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १ बजे उद्घाटन हुने महाधिवेशनलाई शक्ति प्रदर्शनका रूपमा प्रस्तुत गर्न आयोजकले उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छन्।

छवटा रुटबाट आउने जुलुसहरू भृकुटीमण्डपमा एकत्रित हुनेछन्। संस्थापन पक्षले महाधिवेशनलाई अवैधानिक भनेको छ भने आयोजक पक्षले पार्टी सुधारका लागि विशेष महाधिवेशन आवश्यक रहेको दाबी गरेको छ।