कुलमान घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्ष


काठमाडौं ।

उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटी बैठकले कुलमान घिसिङलाई पार्टीको अध्यक्ष बनाउने निर्णय गरेको छ। उज्यालोघरमा बसेको बैठकबाट उक्त निर्णय भएको हो।

रास्वपासँगको एकता भाँडिएपछि कुलमानले उज्यालो नेपाल पार्टीको नेतृत्व सम्हालेका हुन्। यसैबीच, उज्यालो नेपाल पार्टीका उपाध्यक्षसहित तीन जना नेता भने रास्वपामै समाहित भएका छन्।