ओलीद्वारा निर्वाचन तयारीमा जुट्न निर्देशन


काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई निर्वाचन केन्द्रित गतिविधिमा जुट्न निर्देशन दिनुभएको छ। शनिवार सम्पन्न एमालेको केन्द्रिय कमिटी बैठकमा उहाँले निर्वाचनको तयारी सुरु गर्नुपर्ने बताउनुभयो।

अध्यक्ष ओलीले निर्वाचनको वातावरण अझै पूर्ण रूपमा नबनेको उल्लेख गर्दै निर्वाचन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले नेताहरूमाथि विभिन्न लाञ्छना र आरोप लगाउने तथा फसाउन खोज्ने प्रवृत्ति कायमै रहेको भन्दै भयरहित निर्वाचनको वातावरण बनाउन सरकार असफल भएको आरोप लगाउनुभयो।

उहाँले विभिन्न बहानामा निर्वाचन सार्ने प्रयास भइरहेको बताउँदै आगामी फागुन २१ गते नै निर्वाचन गर्न सरकारसँग आग्रह गर्नुभयो।