काठमाडौँ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी सबै क्षतिबाट उकासिँदै नागरिकको सुरक्षामा समर्पित भएर खटिएको बताएका छन् । शनिबार ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनका क्रममा प्रहरीका भवनहरू जलेर क्षति भए पनि प्रहरी खरानीबाट उठेर पुनः जनताको सुरक्षामा लागिरहेको बताए ।
उनले अभाव र कठिन परिस्थितिमा समेत प्रहरी कर्मचारीहरूले व्यक्तिगत इच्छा र सुविधाभन्दा माथि उठेर नागरिक सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे । कानुनको प्रभावकारी कार्यान्वयनबाट कानुनी शासन, सुशासन र अन्ततः सभ्य तथा समृद्ध समाज निर्माण हुने भन्दै सबैलाई जिम्मेवार नागरिक बन्न आह्वान गरे ।











प्रतिक्रिया