काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच पार्टीलाई एकढिक्का बनाउने विषयमा छलफल जारी छ। महाराजगञ्जमा भइरहेको छलफलमा कोइरालासँगै सहमहामन्त्री जीवन परियार र डा. मिनेन्द्र रिजाल सहभागी छन्।
कोइरालाको सचिवालयका अनुसार विशेष महाधिवेशन आह्वानपछि उत्पन्न परिस्थितिमा पार्टीभित्र सहमति जुटाउने प्रयासस्वरूप छलफल भइरहेको हो। कोइराला आज बिहान र दिउँसो गरी दुई पटक देउवालाई भेट्न पुगेका हुन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि नेतृत्व तहमा सक्रिय संवाद सुरु भएको हो। विशेष महाधिवेशन भोलि दिउँसो १ बजे भृकुटीमण्डपमा सुरु हुने कार्यक्रम छ।











प्रतिक्रिया